
काठमाडौं: साफ यू १५ महिला च्याम्पियनसीप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले बंगलादेशलाई हराएको छ। बंगलादेशको ढाकामा जारी प्रतियोगिताको आज सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १-० गोलको जित निकालेको हो।
नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको खेलको ८७ औं मिनेटमा उनले गोल गरेकी थिइन्। जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो। यसअघिको खेलमा नेपालले भुटानमाथि ७-० गोलको जित निकालेको थियो।
तीन देश सहभागी रहेको प्रतियोगिता डबल राउण्ड रोबिन पद्धितमा भइरहेको छ। नेपालले अब फेरि भुटान र बंगलादेशसँग खेल्नेछ।