PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

फुलहममाथि संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा



पहिलोपोस्ट

फुलहममाथि संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा
Photo: Man City

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको सिटीले फुलहममाथि २-१ गोलअन्तरले जित निकालेको हो।

खेलको १६ औं मिनेटमा जुलियन अल्भारेजको गोलमा सिटीले अग्रता बनाएको थियो। खेलको २६ औं मिनेटमा सिटीका जोआओ क्यान्सेलोले फुलहमका ह्यारी विल्सनमाथि फउल गरेपछि रेडकार्ड खाँदै बाहिरिए। लगत्तै पाएको पेनाल्टीमा आन्द्रेस परेइराले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकिएको खेलमा दोस्रो गोल अर्लिङ हल्याण्डले इन्ज्युरी समयमा गरे। ६४ औं मिनेटमा सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले त्यसअघि ७४ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइड करार दिएका थिए। प्रिमियर लिगमा उनको यो १८ औं गोल हो।

जितसँगै १३ खेलबाट ३२ अंक जोडेको सिटी अंकतालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको आर्सनलले १२ खेलबाट ३१ अंक जोडेको छ। फुलहम भने १४ खेलबाट १९ अंक जोडेर तालिकाको आठौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell