PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग पराजित भएसँगै पाकिस्तान र बंगलादेशलाई सेमिफाइनल पुग्ने मौका



पहिलोपोस्ट

दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग पराजित भएसँगै पाकिस्तान र बंगलादेशलाई सेमिफाइनल पुग्ने मौका
Photo: @T20WorldCup/Twitter

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह २ को खेलमा दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग पराजित भएको छ। अस्ट्रेलियाको एडेलेल अभलमा भएको खेलमा नेदरल्याण्ड्ससँग दक्षिण अफ्रिका १३ रनले पराजित भएको हो।

हारसँगै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ। यता, पाकिस्तान र बंगलादेशलाई भने सेमिफाइनलमा प्रवेश गर्ने मौका मिलेको छ। यी दुई टोली भर्खरै मैदानमा उत्रिएका छन्।

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो

नेदरल्याण्ड्सका लागि कोलिन अकरम्यानले अविजित रहँदै सर्वाधिक ४१ रन बनाउँदा स्टेफन माइबर्घले ३७, टम कुपरले ३५, म्याक्स ओडाउडले २९ र स्कट एडवार्ड्सले १२ रन बनाए।

दक्षिण अफ्रिकाका लागि केशभ महाराजले २ तथा अनरिक नोर्किया र एल्डेन मार्क्रमले समान १/१ विकेट लिए।

नेदरल्याण्ड्सले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनायो।

दक्षिण अफ्रिकाका राइली रुस्सोले २५, हेनरिक क्लासेनले २१, टेम्बा बाभुमाले २० रन जोडे।

नेदरल्याण्ड्सलाई जिताउन ब्रान्डन ग्लोभरले ३ विकेट लिँदा फ्रेड क्लासेन र बस डी लिडले २ तथा पल भान मीकेरनले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell