PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

टी २० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका क्रिकेटर बलात्कारको आरोपमा पक्राउ



पहिलोपोस्ट

टी २० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका क्रिकेटर बलात्कारको आरोपमा पक्राउ

टी २० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका श्रीलंकन क्रिकेटर दनुष्का गुणतिलक बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनीमाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि सिड्नीमा उनी पक्राउ परेका हुन्।

उनलाई आइतवार बिहानै प्रहरीले पक्राउ गरेको इएसपीएनक्रिकइन्फोले जनाएको छ। उनीमाथि २९ वर्षे महिलाले यौनदुर्व्यवारको आरोप लगाएकी हुन्।

‘ती महिलाले एक अनलाइन डेटिङ एप्लिकेसन मार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि पुरुष (गुणतिलक)सँग भेटिन्, त्यसपछि बुधवार २ नोभेम्बर २०२२ को साँझ उसले उनलाई यौन दुर्व्यवहार गरेको आरोप छ’, न्यु साउथवेल्सको प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानको क्रममा रोज बेस्थित घटनास्थल विशेषज्ञ पुलिसद्वारा परीक्षण गरिएको थियो।’

विश्वकपमा सुपर १२ सम्मको यात्रा तय गरेको श्रीलंकाले पछिल्लो खेलमा शनिवार इङ्ग्ल्याण्डविरुद्ध खेलेको थियो। जसमा ह्यामस्ट्रङ इन्ज्युरीसँग जुधिरहेका गुणतिलक टिमसँगै थिए। अस्ट्रेलिया टिमसँगै पुगेका उनी चोट व्यहोरेपछि अशेन बंडराले उनलाई प्रतिस्थापन गरेका थिए।

सेमिफाइनलमा स्थान बनाउन नसकेको श्रीलंकाको टोली स्वदेश फर्कँदै गर्दा गुणतिलक भने फर्कने छैनन्। उनले प्रतियोगितामा अन्तिम खेलका रुपमा क्वालिफाइङ राउण्डमा नामिबियाविरुद्ध खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell