PahiloPost

Jan 24, 2026 | ११ माघ २०८२

सुन तोलामा १४ सय बढ्यो, प्रतितोला ९४ हजार ५ सयमा कारोबार



पहिलोपोस्ट

सुन तोलामा १४ सय बढ्यो, प्रतितोला ९४ हजार ५ सयमा कारोबार

काठमाडौं : साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रवारका तुलनामा आइतवार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो।

सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रवार एक सय रुपैयाँ बढ्दा प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

आइतवार कायम मूल्य कात्तिक लागेयताकै सर्वाधिक हो। चालु महिना सुन न्युनतम ९२ हजार ५ सय रुपैयाँसम्म भएको छ भने यसअघि अधिकतम ९४ हजार नाघेको थिएन। कात्तिक ५, ६ र ७ गते प्रतितोला ९४ हजार पुगेको सुनको कारोबार मूल्यमा त्यसयता गिरावट थियो।

चाँदीको मूल्य आइतवार प्रतितोला १२ सय ७५ रुपैयाँ छ। चाँदी गत साताको तुलनामा तोलामा ५० रुपैयाँ बढेको हो। गत शुक्रवार प्रतितोला १२ सय २५ रुपैयाँ थियो।

चाँदी पनि यो महिना बढ्दै आइतवारको मूल्यमा आइपुगेको हो। चालु महिना न्यूनतम ११ सय ७० रुपैयाँ प्रतितोला सम्ममा कारोबार भएको चाँदी क्रमिक बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा गत शुक्रवार प्रतिऔंस १६४७.१६ डलर रहेको सुनको कारोबार मूल्य बलियो हुँदै आइतवार प्रतिऔंस १६८१.३ डलर पुगेको छ। चाँदी पनि १९.७२ डलरबाट बढेर आइतबार प्रतिऔंस २०.८५ डलर पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell