PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

१५ वर्षीया किशोरीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा एक युवक समातिए



पहिलोपोस्ट

१५ वर्षीया किशोरीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा एक युवक समातिए

काठमाडौः १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

               



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell