
काठमाडौं : एपिक नेपाल म्युजिक अवार्डको चौथौ संस्करण हुने भएको छ। प्रियसी म्युजिक प्रालिको आयोजनामा हुने अवार्डको घोषणासँगै आवेदन समेत खुला गरिएको छ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारा रहेको अवार्डमा गीतका सम्पूर्ण विधाहरुलाई समेटिनेछन्। अवार्ड कार्यक्रममा नेपाली लोक गीत/संगीतको क्षेत्रमा क्रियाशील एवम् नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काठे र देउडा गीतहरुलाई अवार्ड प्रदान गरिने बताइएको छ।
आवेदन फारम प्रियसी म्युजिक प्रालिको कार्यालय अनामनगरमा उपलब्ध हुनेछ। अवार्डका संयोजकका रुपमा राजेन्द्र पुरी रहेका छन। आगामी माघ ७ गते भक्तपुरमा नै सम्पन्न गरिने कार्यक्रममा यसबर्ष ३६ विधामा अवार्ड प्रदान गरिनेछ।