PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

धनुषामा जिप दुर्घटना : ११ दिने नवजात शिशुको मृत्यु, ६ जना गम्भीर घाइते



पहिलोपोस्ट

धनुषामा जिप दुर्घटना : ११ दिने नवजात शिशुको मृत्यु, ६ जना गम्भीर घाइते

जनकपुरधाम : धनुषामा बोलेरो जिप दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, ६ जना गम्भीर घाइते भएका छन्।

जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।

दुर्घटनामा परि एक शिशुको मृत्यु भएको र गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न नसकेको डिएसपी क्षेत्रीले बताए।

जनकपुरधामबाट ढल्केबर गइरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्‍याइएको र घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell