PahiloPost

Jul 3, 2024 | २० असार २०८१

‘फूलबारी’ को पोस्टरमा समेटिए यी कलाकार



पहिलोपोस्ट

‘फूलबारी’ को पोस्टरमा समेटिए यी कलाकार

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले फेसबुकमा उल्लेख गरेका छन्।

फिल्मको पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ। पोस्टरमा विपिनलाई वृद्ध पात्रको भूमिकामा देख्न सकिन्छ।

कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। फेमिली ड्रामा जनरामा बन्ने यस फिल्मले अभिभावक र सन्तानबिचको सम्बन्धको कथा भन्छ।

यशोदा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनिष ढकाल छन् भने मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन्। फिल्ममा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी लगायतका कलाकारहरुको पनि अभिनय छ। यो फिल्म आगामी फागुन ५ गतेबाट प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell