PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

जिम्बावेमाथि भारतको सहज जित, सेमिफाइनको यस्तो बन्यो समीकरण



पहिलोपोस्ट

जिम्बावेमाथि भारतको सहज जित, सेमिफाइनको यस्तो बन्यो समीकरण
Photo: ICC

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह २ को दोस्रो खेलमा भारतले जिम्बावेलाई हराएको छ। मेलबर्नमा आज सम्पन्न खेलमा भारतले जिम्वावेमाथि ७१ रनको जित निकाल्दै समूह २ को विजेता बनेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ६१ रन बनाउँदा केएल राहुलले ५१, बिराट कोहलीले २६ तथा हार्दिक पाण्ड्याले १८ रनको योगदान दिए।

बलिङतर्फ जिम्बावेका सिन विलियम्सले सर्वाधिक २ विकेट लिँदा रिचार्ड एनगरभा, ब्लेसिङ मुजरबानी र सिकन्दर राजाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बावे १७.२ ओभरमा ११७ रनमा समेटियो। जिम्बावेका लागि रायन बर्लले सर्वाधिक ३५ रन बनाउँदा सिकन्दर राजाले ३४ रन बनाए। बलिङतर्फ भारतका रबिचन्द्रन अश्विनले सर्वाधिक ३ विकेट लिँदा मोहम्मद समी र हार्दिक पाण्ड्याले समान २ तथा भुवनेश्वर कुमार, अश्रदीप सिंह र अक्षर पटेलले समान १ विकेट लिए।

जितसँगै एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको भारत समूह २ को विजेताका रुपमा सेमिफाइनल खेल्ने छ भने पाकिस्तानले उपविजेताका रुपमा सेमिफाइनलमा खेल्नेछ। सेमिफाइनलमा भारतको प्रतिस्पर्धी समूह १ को उपविजेता इङ्ग्ल्याण्ड हुनेछ भने पाकिस्तानको प्रतिस्पर्धी समूह १ को विजेता न्युजिल्याण्ड हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell