PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

चेल्सीलाई हराउँदै आर्सनल शीर्षस्थानमा



पहिलोपोस्ट

चेल्सीलाई हराउँदै आर्सनल शीर्षस्थानमा
Photo: Premier League

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई हराएको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोली चेल्सीमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा आर्सनललाई जित दिलाउन गाब्रियल मगलहाएसले ६३ औं मिनेटमा बुकायो साकाको पासमा निर्णायक गोल गरे।

जितसँगै आर्सनल अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ। १३ खेल खेलेको आर्सनलले ३४ खेल खेलेर शीर्षस्थानमा रहँदा समान खेल खेलेर ३२ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। त्यस्तै २१ अंक जोडेको चेल्सी सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell