PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, ल्यान्डिङ गर्न खोज्दा लेक भिक्टोरियामा खस्यो



पहिलोपोस्ट

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, ल्यान्डिङ गर्न खोज्दा लेक भिक्टोरियामा खस्यो
PHOTO : CHARLES MWEBEYA TBC

काठमाडौं : तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण आइतवार प्रिसिजन एयरको विमान लेक भिक्टोरीमा खसेको थियो।

तान्जानियाका प्रधानमन्त्री कस्सिम मजलिवाका अनुसार खराब मौसमबिच विमान ल्यान्डिङ गर्ने प्रयास हुँदा दुर्घटना भएको हो।

दुर्घटना लगत्तै उद्धार टोली खटिएको थियो। त्यसक्रममा २६ जनाको उद्धार गरिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

दर ए सलामबाट उडेको सो विमान बुकोबा जाँदै थियो। विमानमा ३९ यात्रु, दुई पाइलछट र दुई क्याबिन क्रु सदस्यसहित ४३ जना रहेका थिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell