PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला



पहिलोपोस्ट

रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला

बुटवल : रुपन्देहीको देवदहमा एक दम्पती घरभित्रै मृत अवस्थामा फेला परेका छन्। देवदह नगरपालिका-५ पाल्पाली टोलमा सोमवार बिहान आफ्नै घरको कोठामा श्रीमान-श्रीमती मृत अवस्थामा फेला परेका हुन्।

कोठाभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बोलिन्द्र केही दिनअघि मात्र वैदेशिक रोजगारीबाट घर आएको स्थानीयले बताएका छन्।

श्रीमानले नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell