PahiloPost

Jan 24, 2026 | ११ माघ २०८२

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई दियो १५१ रनको लक्ष्य



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई दियो १५१ रनको लक्ष्य

काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो।

कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए। ९६ बल खेलेका उनले पाँच छक्का र चार चौका प्रहार गर्दै ७० रनको योगदान दिएका हुन्। त्यसैगरि सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशी एक्लैले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए। त्यस्तै गजेन्द्र बोहोराले दुई विकेट लिँदा मिलन बोहोराले एक विकेट झारे। सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell