PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मोरङ ५ (ख) बाट प्रदेशसभा उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना



पहिलोपोस्ट

मोरङ ५ (ख) बाट प्रदेशसभा उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना

विराटनगर : मोरङ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल अस्वस्थ भएका छन्।

सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर १५ बाट जहदा गाउँपालिकामा घरदैलो कार्यक्रममा जान लाग्दा अचानक उनको नाकबाट रक्तस्राव भएको थियो।

अर्याल लामो समयदेखि उच्च रक्तचापका बिरामी हुन्।

अर्यालको सचिवालयका अनुसार रक्तस्राव भएपछि उनलाई तत्काल विराटनगर ल्याएर विराट अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell