PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रचण्ड र रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, यस्तो छ कारण



पहिलोपोस्ट

प्रचण्ड र रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, यस्तो छ कारण

काठमाडौंः निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका चितवन २ का उम्मेदवार रवि लामिछानेलाई स्ष्टीकरण सोधेको छ।  निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा आयोगले दुबै उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो। आयोगले सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि स्पष्टीकरण सोधेको हो।

दाहाल र श्रेष्ठसमेत उपस्थित कार्यक्रममा हँसिया हतौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो।

यस्तै 'रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालीको मतदान रवि लामिछानेलाई' भन्ने व्यहोरामा छापिएको टोपी प्रयोग गरेको भनी प्राप्त उजुरीमा लामिछानेलाई स्पष्टीकरण सोधिएको हो।

आयोगले २४ घण्टाभित्र निर्वाचन आयोग वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत जवाफ पेश गर्न निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell