PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

स्वर्ण विजेता राजकुमार राईको २४ वर्षपछि फिल्ममा पुनरागमन, मंसिर २३ बाट प्रदर्शनमा आउँदैछ ‘सोल अफ द कमान्डो’



पहिलोपोस्ट

स्वर्ण विजेता राजकुमार राईको २४ वर्षपछि फिल्ममा पुनरागमन, मंसिर २३ बाट प्रदर्शनमा आउँदैछ ‘सोल अफ द कमान्डो’

काठमाडौं : दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता राजकुमार राई २४ वर्षपछि फिल्ममा पुनरागमन गर्ने भएका छन्। उनको फिल्म ‘द सोल अफ कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने भएको छ।

सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’मा उनले मुख्य भूमिका निर्वाह गरेका थिए। सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौं एसियाली खेलकुदमा उनले तेक्वान्दोमा कास्य तथा सन् १९९९ मा नेपालमा भएको साफमा स्वर्ण पदक जितेका थिए।

फिल्ममा शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुको पनि मुख्य अभिनय रहेको छ।

चलचित्रको निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई हुन्। सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन्।

ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट संकलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell