PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

गायक दुतराज भन्छन् : म केही छिन हराउँनु म मर्नु हैन नि!



पहिलोपोस्ट

गायक दुतराज भन्छन् : म केही छिन हराउँनु म मर्नु हैन नि!
Prakash Dutraj Facebook

काठमाडौं :सोमवार अष्ट्रेलियामा रहेका प्रकाश दुतराजले आत्महत्याको प्रयास गरेको खबर फैलिएको थियो। तर, उनलै दुतराजले आफूले आत्महत्याको प्रयास नगरेको दाबी गरेका छन्।

सोमबार मध्यरातमा फेसबुकमा सन्देश लेख्दै उनले मिडियामा आएका आत्महत्याको प्रयाससम्बन्धि खबरले परिवार र आफू केही असजिलो महसुस गराएको बताएका छन्। गतल बुझाई तथा सुचनाको आधारमा प्रकाशित समाचारहरुले पर्न गएको असरप्रति प्रकाशले क्षमा समेत मागेका छन्।

आफू कहिलेकाँही त्यतिकै हराइदिने र अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैँलाई थुनिदिने स्वभाव रहेको समेत उनले उल्लेख गरेका छन्।

उनी लेख्छन्,‘कहिले काँही हराई दिन्छु, यसै यसै। कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु। हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन। यसलाई रोग भनु या मेरो विशेषता। यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु। म केहि छिन हराउँनु म मर्नु हैन नि!’ 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell