PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

मोटरसाइकलको लेग गार्डमा तरबार राखेको भिडियो टिकटकमा राखेपछि दुई युवक समातिए



पहिलोपोस्ट

मोटरसाइकलको लेग गार्डमा तरबार राखेको भिडियो टिकटकमा राखेपछि दुई युवक समातिए

काठमाडौं : मोटरसाइकलको लेग गार्डमा तरबार राखेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर २ सानो भर्‍याङ घर भएका २३ वर्षीय दिपेश महर्जन र दोलखा मेलुङ्ग गाउँपालिका घर भएका २२ वर्षीय श्रवण लामालाई नियन्त्रणमा लिएको हो।

उनीहरूले बा ५१ प ४६३९ नम्बरको को मोटरसाइकलको लेग गार्डबाट धारिलो हतियार तरबार झिकेको भिडियो खिची सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूले जनसर्वसाधारणमा अशान्ति मच्चाएको भन्दै खोजी गरेको थियो।

प्रहरी वृत्त बालाजु र प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कात्तिक २० गते पक्राउ गरेको हो। मोटरसाइकलबाट लेग गार्डमा राखिएको साढे दुई फिट इन्च लम्बाइको तरबार समेत बरामद गरेको छ।

उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell