बुटवल : रुपन्देहीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार जिल्लाको गैडहवा गाउँपालिका २ मा गएराति लु ५ प ९७३२ र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो।
दुर्घटनामा परी गैडहवा गाउँपालिका २ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको अर्यालले बताए। दुर्घटनामा गम्भीर घाइते भएका लोधको भैरहवास्थित भिम अस्पतालमा र पासीको सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।