PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

मंसिर ४ गतेसम्म साधारणसभा नगर्न सहकारीहरुलाई वाग्मती सरकारको निर्देशन



पहिलोपोस्ट

मंसिर ४ गतेसम्म साधारणसभा नगर्न सहकारीहरुलाई वाग्मती सरकारको निर्देशन

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशमा संचालित सहकारी संस्थालाई मंसिर ४ गतेसम्म साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ। साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधिसभा एवम् प्रदेशसभाका उम्मेदवारहरु आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्देशन दिएको हो।

‘प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन (२०७९) को सन्दर्भमा निर्वाचन आयोगबाट आचारसंहिता जारी भएको सबैमा सर्वविदितै छ। सो सन्दर्भमा आचारसंहिता लागु रहेको अवधिमा वाग्मती प्रदेशभित्र रहेका कतिपय सहकारी संघसंस्थाहरुले साधारण सभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिएको भन्ने बुझिन छ। सो कार्यबाट निर्वाचन आचारसंहिता उल्लंघन हुन सक्ने अवस्था देखिएकाले ४ मंसिर २०७९ सम्म कुनै पनि साधारणसभा नगर्न, नगराउनु हुन सबै सहकारी संघसंस्थाहरुलाई यो सूचना जारी गरिएको छ,’ मन्त्रालयले निर्देशन दिँदै भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell