PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

अमेरिकामा आज 'मिड टर्म' निर्वाचन : बाइडेन र ट्रम्पको परीक्षा



पहिलोपोस्ट

अमेरिकामा आज 'मिड टर्म' निर्वाचन : बाइडेन र ट्रम्पको परीक्षा
Photo : AP

अमेरिकामा आज 'मिड टर्म' निर्वाचन हुँदैछ। अमेरिकी मतदाताहरुले ‘कंग्रेस’अन्तर्गत हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन) को ४३५ सिट र माथिल्लो सदन सिनेटको ३५ सिटका लागि मतदान गर्नेछन्। आजको निर्वाचनले अमेरिकी कंग्रेसको दुवै चेम्बरमा कसले नेतृत्व गर्छ भनेर फैसला गर्नेछ।

सन् २०२० मा अमेरिकामा राष्ट्रपति निर्वाचन भएको थियो। नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुनु आधा समयअघि संसदीय निर्वाचन हुने भएकाले अमेरिकामा यसलाई ‘मिड टर्म इलेक्सन’ पनि भनिन्छ। राजनीतिक पण्डितहरु ‘मिड टर्म’ निर्वाचनलाई राष्ट्रपतिले चलाइरहेको सरकारको ‘जनमत संग्रह’को संज्ञा दिन्छन्।

यो निर्वाचनलाई वर्तमान राष्ट्रपति वो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको परीक्षाका रुपमा समेत व्याख्या गरिएको छ। निर्वाचनको पूर्वसन्ध्यामा बाइडेनसँगै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले सभालाई सम्बोधन गरेका थिए। यस्तै, ट्रम्पले पनि रिपब्लिनहरुलाई सम्बोधन गरेका थिए। ट्रम्पले फेरि राष्ट्रपति बन्न अभियान सुरु गर्न सक्ने बताइएको छ। त्यसैले पनि यो निर्वाचनको नतिजासम्म उनी कुर्ने विश्लेषकहरु बताउँछन्।

हाउस अफ रिप्रिजेन्टेभिममा डेमोक्रेट्सहरुले बहुमत ल्याउन नसके गर्भपतनको कानुनसँगे पब्लिक हेल्थकेयरसम्बन्धी सुविधा कटौती हुन सक्ने बताइएको छ। त्यसैले डेमोक्रेटले यो निर्वाचनमा यी मुद्दासँगै सीमा सुरक्षाका विषयलाई पनि उठाएको छ।

रिपब्लिकनले बाइडेनको नीतिका कारण सीमा सुरक्षा खतरामा परेको, आप्रवासीको खुला आवतजावतका कारण अपराध बढेको लगायतका विषयलाई स्थानीयस्तरमा मात्रै होइन राष्ट्रियस्तरमै उठाएको छ।

अमेरिकाको ‘मिड टर्म’ निर्वाचनको इतिहासलाई अध्ययन गर्ने हो भने ‘सिटिङ’ राष्ट्रपतिको पार्टीले संसदीय निर्वाचनमा जहिलै सिट गुमाउने गरेका छन्। काउन्सिल अफ फरेन रिलेसन्सका अनुसार दोस्रो विश्वयुद्धदेखि राष्ट्रपतिको पार्टीले ‘मिड टर्म’ निर्वाचनमा औसतमा २९ सिट हार्ने गरेको पाइएको छ। तर, २००१ को सेप्टेम्बर ११ मा भएको आतंकारी हमला पछि भने सन् २००२ को संसदीय निर्वाचनमा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसको पार्टीले ८ सिट बढी जितेको थियो।

यसपटकको निर्वाचनमा अमेरिकी जनताले दिँदै आएको ‘ट्रेन्ड’ लाई नै निरन्तर चल्नेमा विश्वस्त देखिन्छन् रिपब्लिकनहरु। तर, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय र पतन, कट्टरपन्थी रिपब्लिकन र गर्भपतनको कानुनलाई लिएर ‘ट्रेन्ड’ले निरन्तरता नपाउन सक्ने अनुमान पनि गरिएको छ।

डेमोक्रेट्सहरु भने सिनेटमा बहुमत कायम गर्नेमा विश्वस्त छन्। सिनेटमा डेमोक्रेटहरुले १४ सिट बचाउन लाग्दैछन् भने रिपब्लिकनहरु २१ सिट बचाउने तरखरमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell