PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

देउवाको गृहजिल्लामा स्वतन्त्र उम्मेदवार ढकाललाई अवरोध भएपछि आयोगले भन्यो, ‘निर्वाध रुपमा प्रचारप्रसार गर्न दिनू’



पहिलोपोस्ट

देउवाको गृहजिल्लामा स्वतन्त्र उम्मेदवार ढकाललाई अवरोध भएपछि आयोगले भन्यो, ‘निर्वाध रुपमा प्रचारप्रसार गर्न दिनू’

काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा स्वतन्त्र उम्मेदवार सागर ढकालले प्रचारमा रोक लगाएको भन्दै आपत्ति जनाएपछि आयोगले सबै स्थानीय प्रशासनलाई यस्तो निर्देशन दिएको हो।

आयोगले गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको हो।

आयोगले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक तथा मतदाताको आवश्यक सुरक्षाको प्रत्याभूत गर्न पनि निर्देशन दिएको छ।

'नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिवद्धता व्यक्त गरिएको छ', आयोगको निर्देशनमा भनिएको छ, “नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनको अधीनमा रही आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता र मितव्ययिता कायम गर्दै आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गरिरहेको छ। निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell