PahiloPost

Jan 24, 2026 | ११ माघ २०८२

शीर्षमा बार्सिलोनालाई स्पष्ट ५ अंकको अग्रता, पिके र लेवान्डोस्कीलाई रातो कार्ड



पहिलोपोस्ट

शीर्षमा बार्सिलोनालाई स्पष्ट ५ अंकको अग्रता, पिके र लेवान्डोस्कीलाई रातो कार्ड
Photo: Getty Images

ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई पराजित भएको छ। बार्सिलोनाले ओसासुनालाई २-१ ले हराउँदै अंक तालिकाको शीर्षमा स्पष्ट ५ अंकको अग्रता बनाएको छ।

खेलको पहिलो हाफमै जेरार्ड पिकेले सन्यासअघिको अन्तिम खेलमा रातो कार्ड पाए। पिके बेन्चमा रहेको भएपनि रेफ्रीसँग विवाद गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो। ३१औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीलाई दोस्रो पहेँलो कार्ड देखाउने निर्णयबाट उनी रेफ्रीसँग आक्रोशित भएका थिए।

पहिलो हाफको छैटौँ मिनेटमै डेभिड गार्सियाले ओसासुनालाई अग्रता दिलाएका थिए। त्यसपछि ४८औँ मिनेटमा पेड्री गोन्जालेज र ८५औँ मिनेट राफिन्हाले गोल गर्दै बार्सिलोनालाई जित दिलाए।

लेवान्डोस्कीको यो करियरकै दोस्रो रातो कार्ड हो। गएरातिको खेलमा उनले गार्सियालाई गरेको ‘एरियल च्यालेन्ज’का कारण रातो कार्ड पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell