PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते



पहिलोपोस्ट

प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते

बुटवल : प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४२ वर्षीया जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै मृत्यु भएको छ।

प्युठान नगरपालिका ५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप गएराति करिब साढे १२ बजेतिर प्युठान नगरपालिका ५ पूर्णगाउँ नजिक घुम्तीमा दुर्घटना भएको हो।

घाइते हुनेहरूमा प्युठान नगरपालिका ५ की ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरि कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षिया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन्।

घाइतेमध्ये ६ जनालाई बुटवल रिफर गरिएको छ भने ६ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ। जिप सडकबाट करिब १५० मिटर तल खसेको छ। रातको समयमा दुर्घटना भएकाले उद्धारमा केही ढिलाई भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell