PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

ब्रेमेनविरुद्ध बायर्न हाबी, मानेको चोटका कारण ६-१ को जित पर्‍यो छायामा



पहिलोपोस्ट

ब्रेमेनविरुद्ध बायर्न हाबी, मानेको चोटका कारण ६-१ को जित पर्‍यो छायामा
Photo: Getty Images

जर्मन बुन्डेसलिगाअन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई पराजित गर्‍यो। तर, ६-१ को जित साडियो मानेको चोटका कारण छायामा पर्‍यो।

जितसँगै बायर्नले बुन्डेसलिगाको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ। घुँडाको चोटका कारण १५औँ मिनेटमै घाइते भएपछि मानेलाई उपचारको लागि पठाइएको थियो भने उनको स्थानमा लिरोय साने मैदान छिरेका थिए।

मानेले सेनेगलको लागि २०२२ को कतार विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो खेल खेल्न १३ दिन बाँकी रहँदा चोटको सामना गर्नु परेको छ। लिभरपुलका पूर्व खेलाडी मानेलाई मैदानबाट सिधै थप उपचारका लागि लगिएको थियो। 

यसैबिच, बायर्नले सर्ज गनाब्रीको ह्याट्रिकसँगै सहज जित निकालेको छ। जमल मुसियालाले छैटौँ मिनेटमै बायर्नलाई अग्रता दिलाए। तर, लगत्तै १०औँ मिनेट एन्थोनी यङको गोलमार्फत ब्रेमेनले खेलमा फर्किने कोशिस गरेको थियो।

त्यसपछि, बायर्नले ८ मिनेटको अन्तरालमा ३ गोल गर्‍यो। २२औँ र २८औँ मिनेटमा गनाब्रीले र २६औँ मिनेटमा लियोन गोरेच्काले गोल गरे। ८२औँ मिनेटमा पुनः गोल गर्दै गनाब्रीले ह्याट्रिक पूरा गरे। त्यस्तै, म्याथिस टेलले ८४औँ मिनेट गोल थपे।

गएराति नै भएका अन्य खेलमा उल्फ्सबर्गले डर्टमन्डलाई २-० ले हराएको छ भने स्टुटगार्टले हेर्था बर्लिनलाई २-१ले पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell