PahiloPost

Mar 22, 2026 | ८ चैत्र २०८२

गायक आशिष सचिन ओएसआर डिजिटलमा वर्षको ३० लाख पारिश्रमिकमा अनुबन्धित



पहिलोपोस्ट

गायक आशिष सचिन ओएसआर डिजिटलमा वर्षको ३० लाख पारिश्रमिकमा अनुबन्धित

काठमाडौं : 'दारी फुल्यो वैँशैमा', 'एक कान दुई कान मैदान' लगायतका हिट दिइसकेका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ। एक वर्षको ३० लाख रुपैयाँ दिने गरि आशिषलाई ओएसआरले अनुबन्धित गरेको हो।

सम्झौता अनुसार सचिनले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ। पछिल्लो दिनमा गायक आशिषले लगातार ओएसआर मार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याइरहेका छन्।

गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत सक्रिय आशिषले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो 'छमक छमक तेरी पाउजु' ले निकै चर्चा बटुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell