PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

भूकम्पमा परी घाइते भएकाहरूको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन



पहिलोपोस्ट

भूकम्पमा परी घाइते भएकाहरूको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले गएराति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नम्बर ३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पतालसम्म पर्‍याई उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई निर्देशन दिएका हुन्। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन्।

भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell