PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

भूकम्प प्रभावितलाई खाद्यान्न र टेन्ट वितरणका लागि खटियो सेना



पहिलोपोस्ट

भूकम्प प्रभावितलाई खाद्यान्न र टेन्ट वितरणका लागि खटियो सेना
Photo : Nepal Army

काठमाडौं : सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन्।

हाल गैरागाउँमा नेपाली सेनाको भैरव प्रसाद गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयसँग सहकार्य गरि उद्धार कार्यमा जुटेको छ। उद्धार कार्यको लागि सुर्खेत र धनगढीमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

साथै, उक्त स्थानमा खाद्यान्न तथा टेन्ट लगायतका उद्धारका सामग्रीहरु पुर्‍याउने कार्य भइरहेको सेनाले जनाएको छ।

डोटीमा सुरुमा मंगलवार राति ९ बजेर ७ मिनेटमा ५.७ म्याग्नेच्यूडको भूकम्प गएको थियो। त्यसको लगतै राति ९ बजेर ५६ मिनेटमा ४.१ म्याग्नेच्यूडको भूकम्प गएको थियो। भूकम्प पश्चात मानिसहरु घरबाट बाहिर निस्किएका थिए। पछि राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्नेच्यूडको भूकम्प गएको थियो। सो भूकम्पको कम्पनबाट घरहरु भत्किएको र जनधनको क्षति भएको हो। ६.६ म्याग्नेच्यूडको भूकम्पको कम्पन भारतको उत्तराखण्ड र दिल्लीमा समेत महसुस गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell