PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

डोटी भूकम्प : मृतकका परिवारलाई २५ हजार रुपैयाँ राहत दिने प्रेम आलेको घोषणा



रासस

डोटी भूकम्प : मृतकका परिवारलाई २५ हजार रुपैयाँ राहत दिने प्रेम आलेको घोषणा

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका ६ जनाको परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुगेका आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर उनीहरुका परिवारलाई जनही २५ हजारका दरले एक लाख ५० हजार रुपैयाँ राहतको दिने बताएका हुन्।

आफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी उनले परिवारलाई भेटेर दिएका थिए। त्यसैगरि उनले अन्य निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरुका लागि आवश्यक राहतको व्यवस्था गरिदिन पनि आग्रह गरेका छन्।

गएरातिको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको ज्यान गएको छ भने अरू सातजना गम्भीर घाइते भएका छन्।

डोटी निवासी पूर्वमन्त्री आले आसन्न मंसिर ४ को निर्वाचनमा सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell