PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कमल थापालाई 'काका' भन्दै खतिवडाको प्रश्न : ओली युवा हुने, विरोध चाहिँ बुढा हुने?



पहिलोपोस्ट

कमल थापालाई 'काका' भन्दै खतिवडाको प्रश्न : ओली युवा हुने, विरोध चाहिँ बुढा हुने?

हेटौंडा : नेकपा एकीकृत समाजवादी समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जित सहज हुने बताएका छन्। हेटौंडामा आयोजित एक कार्यक्रममा  मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का उम्मेद्वारसमेत रहेको खतिवडाले २०७४ सालको निर्वाचन भन्दा आगामी निर्वाचनमा दोब्बर मतले विजयी हुने दाबी समेत गरेका छन्।

‘अघिल्लोपटक भन्दा यो पटक मलाई चुनाव सहज छ। यो पटक मत म बढी ल्याउँछु भन्ने आफूलाई विश्वास छ यो गठबन्धनको कराणले पनि हो,’ उनले भने। खतिवडाले नेकपा एमालेका उम्मेद्वार महेश बर्तौलालाई इगिंत गर्दै उनको उम्मेदवारीलाई कुनै अनौठो रुपमा नलिएको बताए।

‘युवा चाहिने, पुरानालाई नदिनेलाई भन्ने हो भने कुन पार्टीले भन्यो? एमालेले भनेको हो भने केपी ओलीलाई किन दोहोर्‍याएको? ईश्वर पोखरेल किन दोहोर्‍याएको? उनीहरु कसरी युवा भए? एमालेको लागि केपी ओली चाहिँ युवा हुने विरोध खतिवडा बुढा हुने हुन्छ?,' उनले प्रश्न गरे , ‘यही राप्ती खोलापारी युवा चाँहिने राप्ती युवावारी आएपछि कमल काका चाहिँ त्यही सूर्य चिह्न लिएर, उनलाई एमालेहरुले आफुलाई हराउन चुनावी फण्डा मात्रै गरेको आरोप लगाए। उनले स्वतन्त्र उम्मेद्वारी दिएकाहरुलाई चाहिने भन्दा बढी हल्ला गरेर प्रचार गराइएको पनि बताए।

गत स्थानीय तह चुनावमा मकवानपुर–२ मा वडास्तरमा खतिवडाको पार्टी एकीकृत समाजवादीले पाएको मत २ हजार ७१९ मात्रै हो। तर, एकीकृत समाजवादीसँगै गठबन्धनमा रहेको नेपाली कांग्रेसले यो क्षेत्रमा ३४ हजार २४०, नेकपा माओवादी केन्द्रले २२ हजार ६०७, र राष्ट्रिय जनमोर्चाले ४६४ मत पाएको थियो। यसअनुसार गठबन्धनको मत ६० हजार रहेको र आफ्नो जित सहज भएको खतिवडाले बताएका हुन्। यो निर्वाचन क्षेत्रमा एमालेले वडास्तरमा ३६ हजार ८६६ भोट ल्याएको थियो।

गत स्थानीय तहको निर्वाचनमा पनि एकीकृत समाजवादीले त्यस क्षेत्रको कुनै पनि पालिकामा आफ्नो नेतृत्वलाई जित्न सकेको थिएन। जिल्लामा एकीकृत समाजवादीको अवस्था सन्तोषजनक नहुँदा उनलाई आगामी चुनाव चुनौतीपूर्ण हुने स्थानीय बताउँछन्। मकवानपुर–२ मा थाहा नगरपालिका, मनहरी, कैलास, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका सहित हेटौंडा उपमहानगरपालिका पश्चिमतर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको उत्तरतर्फका ५, ६, ७ र ८ नम्बर वडा पर्दछन्।

मकवानपुरबाट चारपटक निर्वाचन जितेर पनि खतिवडाले जिल्लाका लागि उपलब्धिमूलक कुनै काम नगरेको भन्दै विपक्षीले निर्वाचनमा प्रचारप्रसार गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell