PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

२० लाखमा बिक्री भयो फिल्म ‘बद्री बहादुर’ को विदेश राइट्स



पहिलोपोस्ट

२० लाखमा बिक्री भयो फिल्म ‘बद्री बहादुर’ को विदेश राइट्स

काठमाडौं : शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ को विदेश राइट्स बिक्री भएको छ। बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बेचेकी हुन्।

पूजा तामाङले विदेश राइट्सको लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन्। अब विदेशमा सिनेमा प्रदर्शनको अधिकार पूजाको हातमा हुनेछ।

अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिका रहेको फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत धिरेन शाक्य लगायतको अभिनय रहेको छ।

एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे हुन्। संचारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्। कमेडी जनरामा बनेको यस फिल्मको कथा रामकाजी घिमिरेले लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell