PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

हलिउड अभिनेता पेनले युक्रेनका राष्ट्रपतिलाई दिए आफूले जितेको 'अस्कर अवार्ड'



पहिलोपोस्ट

हलिउड अभिनेता पेनले युक्रेनका राष्ट्रपतिलाई दिए आफूले जितेको 'अस्कर अवार्ड'

युक्रेन र रुसबिचको युद्ध जारी छ। यसैबिच, हलिउड स्टार सीन पेनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलनेस्कीलाई अस्कर अवार्ड उपहार दिएका छन्। उनले युक्रेनलाई जित हासिल गर्नको लागि आफूले जितेका दुई अवार्डमध्ये एउटा उपहार दिएका हुन्।

६२ वर्षीय अभिनेता तथा निर्देशकले जेलेन्स्कीलाई अवार्डलाई मुर्तिको रुपमा लिन आग्रह गरेका थिए। साथे उनले रसियासागको युद्धमा युक्रेन जित्ने आशा व्यक्त गरेका थिए।

‘यो एक प्रतिकात्मक सिल्ली कुरा हो। यो तपाईंसँग भयो भने म अझ बलियो महसुस गर्नेछु। जब तपाईं जित्नुहुन्छ तब यसलाई मालिबुमा फिर्ता ल्याउनुहोस्,’ पेनले जेलेन्स्कीको कार्यालयले सार्वजनिक गरेको भिडियोमा भनेका छन्।

सुरुमा अवार्ड नलिएका जेलेन्स्कीले पछि अवार्ड स्वीकार गर्दै भने : यो युद्धको अन्त्यसम्म युक्रेनमा हुनेछ।

सोही बैठकमा राष्ट्रपति जेलेन्सकीले पेनलाई युक्रेनको समर्थनको लागि ‘अर्डर अफ मेरिट’ विभूषणबाट सम्मानित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell