PahiloPost

May 15, 2025 | २ जेठ २०८२

मेयरबाट सांसदमा 'डेब्यु' गर्ने तयारीमा रहेका सन्तोष, के के भनिरहेका छन् घरदैलोमा?

मेयरबाट सांसदमा 'डेब्यु' गर्ने तयारीमा रहेका सन्तोष, के के भनिरहेका छन् घरदैलोमा?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे यसपटक प्रतिनिधि सभाको उम्मेदवार छन्, काठमाडौं-३ बाट।

नेपाली कांग्रेसबाट उम्मेदवार रहेका उनी घरदैलोमा जाँदा मतदाताले मेयर भएको बेलामा जस्तै सडकमा पानी जम्ने समस्या सनुाए। उनी मतदाताका समस्या ध्यानपूर्वक सुन्थे र केही आश्वासन दिन्थे।

मेयर भएर जनतासँग जोडिएजस्तै सांसद हुँदा पनि सधै जनतासँगै हुने वचन दिन भ्याए उनले मतदातालाई। मत माग्ने चालिसेको रणनीति नै भन्नुपर्छ उनले कतै सुकुम्बासीका समस्या उठाए त कतै मेयर हुँदा बाँकी रहेका काम पूरा गर्ने आश्वासन दिए।

'सुकुम्बासीलाई व्यवस्थित गर्ने। वाग्मती पर्यटन क्षेत्र बनाउने मेरो लक्ष्य छ,' चालिसेले घरदैलोमा भनिरहेका थिए।

मेयर भइसकेकाले धेरै ठाउँमा उनले आफ्नो परिचय दिइरहनु परेन। कार्यकर्ताको घरमा पुगेपछि चालिसेलाई फूलमाला लगाएर शुभकामना दिइरहेका थिए।

चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीतिमा रहेका चालिसेको पक्षमा सत्ता गठबन्धन छ। तर चुनाव जित्न चुनौती छ उनलाई पनि। एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं-३ का उम्मेदवार कृष्ण राई चालिसेका लागि मुख्य चुनौती हुन्। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा राई निर्वाचित भएका थिए उक्त क्षेत्रबाट। यो क्षेत्रको प्रदेशसभा तर्फ 'ख' मा विमल ठकुरी र 'क' मा छिरिङ दोर्जे लामा उम्मेदवार छन्।



ट्रेन्डिङ पोस्ट

Ncell