PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सन्तोष चालिसे र कृष्ण राईको 'ब्याटल'मा एमालेको रणनीति : टोल टोलमा भेला, अरु पार्टीकालाई फूलमाला लगाएर स्वागत

सन्तोष चालिसे र कृष्ण राईको 'ब्याटल'मा एमालेको रणनीति : टोल टोलमा भेला, अरु पार्टीकालाई फूलमाला लगाएर स्वागत

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अघि पार्टी प्रवेश अभियान नै चलाइरहेको छ। उक्त पार्टी प्रवेशलाई जितको आधार बनाइरहेको एमालेले आफ्नै पक्षमा माहोल बनाउने विभिन्न रणनीति पनि अपनाइरहेको छ।

काठमाडौं-३ मा एमालेलाई यसपटक जित्न त्यति सहज छैन। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका कृष्ण राई निर्वाचित भएका थिए। तर, स्वतन्त्र र गठबन्धन उनका लागि यसपटक तगारो बन्न सक्छन्। त्यसैले उनी घरदैलोमा मात्रै होइन टोलटोलमा भेला पनि गरिरहेका छन् चुनावी जित निकाल्न।

बुधवार गोकर्णेश्वर नगरपालिकामा राईले पार्टी प्रवेश तथा मतदातासँग अन्तक्रिया कार्यक्रम गरे। जसमा ५० भन्दा बढी अरु पार्टीबाट एमालेमा प्रवेश गरेको राईको दाबी छ। काठमाडौं ३ मा प्रदेश तर्फ एमालेबाट रामेश्वर फुँयाल र चन्द्रमान लामा उम्मेदवार छन्।

यसपटक उनलाई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेको चुनौती छ। गोकर्णेश्वर नगरपालिकाका मेयर समेत रहिसकेका चालिसे बलियो उम्मेदवारका रुपमा हेरिन्छ उक्त क्षेत्रमा।



ट्रेन्डिङ पोस्ट

Ncell