PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

काठमाडौंको महाराजगञ्जमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु



पहिलोपोस्ट

काठमाडौंको महाराजगञ्जमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौः काठमाडौंको नारायण गोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ नारायण गोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ वसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा कास्कीका ४७ वर्षीय बेलबहादुर राना र ४१ वर्षीय कल्पना राना मगर रहेका छन्।

प्रहरीले दुर्घटनामा भएको ना. ८ ख.१८४१ को ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell