PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भुटानमाथि नेपालको संघर्षपूर्ण जित



पहिलोपोस्ट

भुटानमाथि नेपालको संघर्षपूर्ण जित
Photo: SAFF

काठमाडौं: नेपाली यू १५ राष्ट्रिय फुटबल टोलीले भुटानमाथि संघर्षपूर्ण जित निकालेको छ। साफ महिला यू १५ च्याम्पियनसीप अन्तर्गत बंगलादेशमा आज सम्पन्न खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले हराएको हो। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा नेपाललाई जित दिलाउन सेनु परियारले निर्णायक गोल गरिन्। उनले खेलको ४९ औं मिनेटमा गरेको गोलसँगै नेपालले भुटानमाथि लगातार दोस्रो खेलमा जित निकालेको हो। नेपालले जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई १-० गोलअन्तरले हराएको थियो।

तीन देश सहभागी रहेको प्रतियोगिता डबल राउण्ड रोबिन प्रणालीमा भइरहेको छ। नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell