PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

किन भइरहेको छ काठमाडौंमा ट्राफिक जाम ?



पहिलोपोस्ट

किन भइरहेको छ काठमाडौंमा ट्राफिक जाम ?
Archive Photo

काठमाडौं : तपाईंले केही दिनदेखि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको महसुस गर्नु भएको छ? तिहारपछि एकाएक ट्राफिक जाम देखिएको छ उपत्यकामा। तिहारपछि बिदामा बन्द भएका कार्यालय र विद्यालयहरू समेत संचालनमा आएकाले पनि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको ट्राफिक प्रहरीको दाबी रहेको छ।

चुनावमा धेरै मानिस भोट हाल्न र नेता तथा कार्यकर्ताहरू काठमाडौं बाहिर गएको आंकलन गरिएको छ। तर पनि काठमाडौंमा ट्राफिक जाम हुने गरेको छ। यसरी ट्राफिक जाम हुनुको एउटा कारण निर्वाचन पनि भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डिआइजी मिरा  चौधरी बताउँछिन्। त्यसो त काठमाडौंभित्र भइरहेको चुनावको प्रचारप्रसारले पनि केही ठाउँमा केही समय सडकमा असहज बनाएको छ। त्यो भन्दा महत्त्वपूर्ण कुरा सडकमा पर्याप्त ट्राफिक प्रहरी नभएकाले पनि ट्राफिक जाम देखिन थालेको डिआइजी चौधरी स्वीकार गर्छिन्।

'त्यो पनि एउटा कारण हो। ट्राफिक प्रहरीको उपस्थिति कम हुँदै गएको छ,'डिआइजी चौधरीले भनिनन्।

उपत्यकाभित्र खटिने ट्राफिक प्रहरीहरूलाई यतिखेर निर्वाचनको सुरक्षाको लागि विभिन्न क्षेत्रमा खटाइएको छ। जसले गर्दा ट्राफिक प्रहरीको सङ्ख्या दैनिक सडकमा घट्दै गएको छ। सरकारले आफ्ना अधिकांश कर्मचारीलाई चुनावका लागि खटाएको छ। त्यस्तै, निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ। त्यति मात्र होइन, सरकारले १ लाख १५ हजार म्यादी प्रहरी समेत परिचालन गरेको छ। प्रहरीका विभिन्न युनिट र ब्युरोमा खटिने प्रहरीलाई समेत यतिखेर चुनावी सुरक्षामा परिचालन गरिएको छ।

काठमाडौं उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन हेर्ने ट्राफिक प्रहरी पनि यतिखेर देशका विभिन्न जिल्लामा खटिएका छन्। महाशाखामा दरबन्दी भएर खटिएका १ हजार भन्दा धेरै ट्राफिक प्रहरीलाई विभिन्न जिल्लाहरूमा खटाइएको छ। महाशाखाका एसपीदेखि जवानसम्म बाहिरी जिल्लामा खटाइएका छन्।

'इन्चार्जहरू धेरै गइसक्नु भयो। दैनिक केही ट्राफिक प्रहरी चुनावको लागि भइरहनु भएको छ,' डिआइजी चौधरीले भनिन्।

सामान्य समयमा काठमाडौं उपत्यकाभित्र ११ सय जना ट्राफिक प्रहरी सडकमा खट्ने गरेका थिए। चुनावसम्ममा पहिला खटिँदै आएकामध्ये १० प्रतिशत मात्र ट्राफिक रहने चौधरीले बताइन्। १ सय ५० जना भन्दा बढी ट्राफिक प्रहरी चुनावमा खटिसकेकाले सडकमा खटिने ट्राफिक प्रहरीको सङ्ख्या कमी भएको हो। अहिले  ९ सय १३ जना ट्राफिक काठमाडौं उपत्यकाभित्र कार्यरत रहेका छन्। ट्राफिक प्रहरी नहुँदा ट्राफिक नियमको पालना नगर्दा पनि जाम बढेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell