PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

कतारस्थित दूतावासले नेपाली समुदायलाई भन्यो : फिफा विश्वकपलाई सफल बनाउन सहयोग गर्नुस्



पहिलोपोस्ट

कतारस्थित दूतावासले नेपाली समुदायलाई भन्यो : फिफा विश्वकपलाई सफल बनाउन सहयोग गर्नुस्
Photo : BBC

काठमाडौं : कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँ बस्दै आएका नेपाली समुदायलाई आग्रह गरेको छ। दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम सम्भव भएसम्म स्थगित गरि इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप सफल बनाउन आग्रह गरेको हो।

विश्वकप प्रतियोगिता भएका कारण विश्वको ध्यान कतारको दोहातर्फ केन्द्रित भएको जनाउँदै कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले विश्वकपलाई सफल बनाउन जिम्मेवारपूर्वक सहयोग गर्न आग्रह गरेका हुन्।

यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप कतारमा हुँदैछ। नेपालीले कतारको विकास तथा समृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्च अधिकारीले प्रशंसा गरिरहेको भन्दै ढकालले दुवै मुलुकले अन्तर्राष्ट्रियस्तरमा शान्ति र विकासका लागि समान धारणा राख्दै आएको स्मरण गरेका छन्।

ढकालले दुई देशबिचको सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पुर्‍याउन सबैले सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell