PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

‘पासो’ मंसिर १६ गतेबाट प्रदर्शन हुने



पहिलोपोस्ट

‘पासो’ मंसिर १६ गतेबाट प्रदर्शन हुने

काठमाडौं : रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’ को प्रदर्शन मिति तय भएको छ। बी.आर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी मंसिर १६ गतेबाट प्रदर्शन हुनेछ।

आर बी पुनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन्। थ्रिलर जनरामा निर्माण भएको यो फिल्मले दुई मिल्ने साथीलाई एक अज्ञात अपराधिक समुहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथालाई प्रस्तुत गरेको छ।

फिल्ममा रिस्ताका साथै सुनिशा बजगाँई, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रनव आकाशको अभिनय छ। फिल्मको नेट कलेक्शनको १५ प्रतिशत रकम धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञान’ धाम निर्माणार्थ प्रदान गरिने निर्माता भगवान भुजेलले दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell