PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउने नपाउने अन्योलता



पहिलोपोस्ट

नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउने नपाउने अन्योलता

काठमाडौं : मंसिर ४ गतेबाट सुरु हुने फिफा विश्वकप २०२२ नेपाली दर्शकले नेपालमा हेर्न पाउने वा नपाउने भन्ने दुविधा बढेर गएको छ।

हिमालयन टेलिभिजनमा खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइए पनि सर्वोच्च अदालतमा विश्वकप प्रशारणमा रोक गर्न निवेदन परेपछि खेलको प्रत्यक्ष प्रशारण अन्योलमा परेको हो। प्रत्यक्ष प्रसारणसम्बन्धमा अदालतले अन्तरिम आदेश दिएको छ। अदालतलका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले विश्वकप प्रशारण यथास्थितिमा राख्न भनि आदेश गरेको छ। अदालतले कार्तिक ३० गते अर्को सुनुवाइको मिति राखेको छ।

मिडिया हवले विश्वकप नेपाली टेलिभिजनमा प्रशासरण गर्ने व्यवस्था मिलाएको थियो। हिमालयन टेलिभिजनमा ६४ वटा खेल हेर्न ५ सय रुपैयाँ तिरेर हेर्न व्यवस्था मिडिया हवले मिलाएको थियो। तर, अदालतको आदेशपछि विश्वकप प्रशारण अन्यौलमा परेको हो।

यस पटकको विश्वकप कतारमा मंसिर ४ गतेबाट हुँदैछ। विश्वकप सुरु हुने मिति नजिकिँदै गर्दा अदालतमा परेको रिटको कारण प्रत्यक्ष प्रशासरण हेर्न पाउने नपाउने अन्योलता बढेको हो। मिडिया हवले फिफासँग 'टेरिटोरी लक' गरेर सहमति गरेको छ। पहिलाको झैं यस पटक अन्य टेलिभिजन च्यानलबाट विश्वकप हर्न सकिने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell