PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’को रेकर्ड !



पहिलोपोस्ट

रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’को रेकर्ड !

दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन्। यसैबिच, अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष्पा द रुल’ को विदेश थिएटर राइट्सलाई लिएर नयाँ खबर बाहिरिएको छ।

निर्माताहरुले पुष्पाको सिक्वेलको विदेशी थिएटर राइट्स बिक्रीका लागि मंहगो मूल्य तोकेका छन्। फिल्मका निर्माताले विदेशी अधिकार सुरक्षित गर्न ८० करोड भारतीय रुपैयाँभन्दा बढी रकम तोकेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

एसएस राजामौलीको ‘आरआरआर’ भन्दा ‘पुष्पा २’ को विदेशी थिएटर अधिकारको मूल्य बढी हो। किनकी ‘आरआरआर’ को ‌ओभरसिज थिएटर अधिकार ७० करोड भारतीय रुपैयाँमा बिक्री भएको थियो। जसकारण पुष्पा २ ले रिलिज हुनुअघि ‍आरआरआरको रेकर्ड तोडेको स्थानीय मिडियाले उल्लेख षरेका छन्।

पछिल्लो समय विश्वभर नै दक्षिण भारतीय फिल्मको लोकप्रियता बढ्दो छ। जसकारण पुष्पाको सिक्वेलले पनि बम्पर कमाई गर्ने आशा गरिएको छ। अर्को हप्ता नै फ्लोरमा जाने भनिएको फिल्मको हालै टिजर सुटिङ सम्पन्न भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell