PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

करुवाले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक समातिए



पहिलोपोस्ट

करुवाले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक समातिए

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले झापामा एक युवकलाई नियन्त्रणमा लिएको छ।

२६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबिचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell