PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

चुनावको मुखमा मितेरी पुल क्षेत्रको सडक कालोपत्रे हुँदै



राधेश्याम पटेल

चुनावको मुखमा मितेरी पुल क्षेत्रको सडक कालोपत्रे हुँदै

वीरगंज : जीर्ण बन्दै गएको वीरगंजको मितेरी पुल क्षेत्रको सडक कालोपत्रे गर्न थालिएको छ। चुनावको बेला यो सडक चिल्लो हुने स्थानीयको अपेक्षाका बिच कालोपत्रे सुरु गरिएको हो।

सडक निर्माणमा अदालतले बाटो खोलिदिएपछि ‘गेट वे अफ नेपाल’ अर्थात मुलुककै मुख्य प्रवेशद्वार भनेर चिनिने मितेरी पुल, शंकराचार्य क्षेत्र, वीरगंज भन्सार हुँदै रजतजयन्तीसम्म बाटो कालोपत्रे गर्ने काम भइरहेको हो। आगामी मंसिर ४ भन्दा अगावै काम सक्ने दबाब ठेकेदारमाथि छ।

वीरगंज-रक्सौल (भारतको बिहार) जोड्ने मितेरी पुलदेखि १४ मिटर चौडा र रजतजयन्ती चोक सम्मको १.३ किमि दुरीमा कालोपत्रेको काम सामा कन्स्ट्रक्सन वीरगंज बहुअरीले गरिरहेको छ। मितेरी पुलको आधा हिस्सा नेपाल तिर पर्ने पुल पनि कालो पत्रे हुँदैछ। अहिले सडकको जग बसाल्न ग्राभेल पुर्ने, रोलर चलाउने र एक छेउमा ७ सय मिटर सम्म प्राइमकोट हाल्ने काम पनि भइसकेको सामा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलम अन्सारीले बताए।

सडक विभाग अन्तर्गतको वीरगंज-पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले गत २०७८ पुस ५ मा अनुमानित ५ करोडको टेण्डर अह्वान गरेकोमा सामा कन्स्ट्रक्सनले १.३४ प्रतिशतमा ठेक्का सकार गरी गत फागुन २५ मा साढे ३ महिनामा काम सक्ने सम्झौता गरेको थियो। तर, उक्त ठेक्कामा आयोजना कार्यालयका कर्मचारी र सामा कन्स्ट्रक्सनबिच मिलोमतो गरी एक जनाले मात्रै अनलाइन विडिङमा सहभागी गराएको भनी सर्वोच्चमा ठेक्का खारेजीको माग गर्दै मुद्दा परेको थियो। उक्त मुद्दा सागरमाथा इन्फ्राटेक प्रालिका दिपेशमान महर्जनले गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell