PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

मधेश प्रदेशलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा



पहिलोपोस्ट

मधेश प्रदेशलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा
फाइल फोटो क्यान

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली एपीएफ फाइनल प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशमाथि ७ विकेटको फराकिलो जित निकाल्दै एपीएफ फाइनल प्रवेश गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको मधेशले कमजोर ब्याटिङ गर्दै ३१ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। मधेशका लागि रुपेश सिंहले सर्वाधिक अविजित ३६ रन बनाउँदा सन्तोष कार्कीले २० रन, इमरन शेखले १६, अनिल शाहले १३, मोहम्मद आदिल आलमले ११ तथा राजेश यादवले १० रन बनाए।

मधेश प्रदेशलाई सामान्य स्कोरमा समेट्न एपीएफका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिँदा भुवन कार्की र मौसम ढकालले समान २ विकेट र किशोर महतोले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि लोकेश बमले सर्वाधिक अविजित ३५ रन बनाउँदा प्रदीप ऐरीले ३३, आशिफ शेखले २५ तथा सुमित महर्जनले १३ रन बनाए। बलिङतर्फ मधेशका रुपेश सिंहले २ तथा राजेश यादवले १ विकेट लिए।

शुक्रवार दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell