PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

पाण्ड्याको बिस्फोटक ब्याटिङ, इङ्ग्ल्याण्डलाई १ सय ६९ रनको लक्ष्य



पहिलोपोस्ट

पाण्ड्याको बिस्फोटक ब्याटिङ, इङ्ग्ल्याण्डलाई १ सय ६९ रनको लक्ष्य
Photo: ICC

टी २० विश्वकप अन्तर्गत आज जारी सेमिफाइनल खेलमा भारतले इङ्ग्ल्याण्डलाई १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। एडिलेड स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो।

भारतका लागि बिस्फोटक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले ३३ बलमा ५ छक्का र ४ चौकाको सहायतालमा ६३ रन बनाउँदा बिराट कोहलीलले ५० रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले २७ तथा सूर्यकुमार यादवले १४ रन बनाए।

बलिङतर्फ इङ्ग्ल्याण्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिँदा आदिल रसिद र क्रिस वोएक्सले समान १ विकेट लिए।

इङ्ग्ल्याण्ड केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell