PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

माघ २० गतेबाट प्रदर्शन हुँदैछ पुष्प र वर्षा अभिनित फिल्म ‘मनसँग मन’



पहिलोपोस्ट

माघ २० गतेबाट प्रदर्शन हुँदैछ पुष्प र वर्षा अभिनित फिल्म ‘मनसँग मन’

काठमाडौं : फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय भएको छ। भारतमा रिलिज भइसकेको यो फिल्म नेपालमा माघ २० गतेबाट प्रदर्शन हुने पक्का भएको हो।

कैलाश राईद्वारा निर्देशित यस फिल्मका निर्माता अरुण तामाङ हुन्। फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधानको अभिनय छ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण यस फिल्ममा पल शाह र पूजा शर्माको पनि विशेष भूमिका छ।

फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेसँगै मंसिर २५ गतेबाट फेरि दिल्ली, गुजरात, आसाम लगायतका शहरमा रिलिज गर्न लागिएको निर्माणपक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell