PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्याण्ड फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने



पहिलोपोस्ट

भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्याण्ड फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने
Photo: ICC

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराउँदै इङ्ग्ल्याण्डले फाइनलमा स्थान सुरक्षित गरेको छ। अस्ट्रेलियाको एडिलेड स्टेडियममा सम्पन्न खेलमा भारतलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै इङ्ग्ल्याण्डले फाइनलसमा स्थान सुरक्षित गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले एलेक्स हेल्सको अविजित ८६ र कप्तान जोस बट्लरको ८० रनको सहायतामा १६ ओभरमा लक्ष्य पुरा गर्‍यो। हेल्सले ७ छक्का र ४ चौका प्रहार गर्दै ४७ बलमा ८६ रन बनाएका थिए भने बट्लरले ३ छक्का र ९ चौकाको सहायतामा ४९ बलमा ८० रन बनाएका थिए।

त्यसअघि भारतका लागि बिस्फोटक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले ३३ बलमा ५ छक्का र ४ चौकाको सहायतालमा ६३ रन बनाउँदा बिराट कोहलीलले ५० रन बनाएका थिए। त्यस्तै कप्तान रोहित शर्माले २७ तथा सूर्यकुमार यादवले १४ रन बनाए।

बलिङतर्फ इङ्ग्ल्याण्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिँदा आदिल रसिद र क्रिस वोएक्सले समान १ विकेट लिएका थिए।

जितसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको छ। फाइनलमा इङ्ग्ल्याण्ड र पाकिस्तान उपाधिका लागि आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell