PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

फ्राइडे रिलिज : रामसेतु र वाकन्डा फरेभरसँगै नेपालमा छायाङ्कन गरिएको ‘उचाइ’ प्रदर्शनमा



पहिलोपोस्ट

फ्राइडे रिलिज : रामसेतु र वाकन्डा फरेभरसँगै नेपालमा छायाङ्कन गरिएको ‘उचाइ’ प्रदर्शनमा

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा तीन विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। बलिउडतर्फ ‘उचाइ’ र ‘रामसेतु’ तथा हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर: वाकन्डा फरेभर’ रिलिज भएका हुन्।

नेपालमा छायाङ्कन गरिएको बलिउड फिल्म ‘उचाइ’लाई ट्राभलर्स क्रिउ फिल्मस्ले नेपालमा ल्याएको हो। बलिउड फिल्म भएपनि यो फिल्मले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ।

सुरज वर्जत्य निर्देशित यस फिल्मले निकै मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको छ। फिल्ममा अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र सारिका हसन बाहेक अमिताभ बच्चनको पनि महत्त्वपूर्ण भूमिका रहेको छ।

अग्रिम बुकिङ खुला भएसँगै फिल्म ‘उचाइ’लाई मल्टिप्लेक्सले राम्रो शो दिएका छन्। देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले १७ शोज दिएको छ। यस्तै, बिग मुभिजले ४ वान सिनेमाले ५ शो उपलब्ध गराएको छ।

त्यस्तै, अक्षयकुमार अभिनित बलिउड फिल्म ‘रामसेतु’ पनि प्रदर्शन भएको छ। भारतमा तिहारको अवसरमा रिलिज भएको यस फिल्मले भारतमा औसत व्यापार गरिरहेको छ।

गतसाता नै नेपालमा रिलिन हुने भनिएता पनि सेन्सर अनुमति नपाउँदा यो फिल्म रिलिज हुन सकेको थिएन। ‘रामसेतु’मा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहेको छ। अभिषेक शर्मा निर्देशित यस फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गरेका हुन्।

त्यस्तै, मार्भल स्डुडियोको हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ पनि आजैबाट रिलिज भएको छ। रायन कुगलर निर्देशित यस फिल्ममा लेटिटिया राइट, लुपिता न्योंग, दानाई गुरिरा र विन्स्टन ड्यूकको अभिनय छ। वाकान्डा फरेभर सन् २०१८ मा रिलिज भएको कुगलर निर्देशित ‘ब्ल्याक प्यान्थर’को दोस्रो भाग हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell