PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

कार्डिजलाई हराएको रियल मड्रिड बार्सिलोनासँग २ अंकले पछाडि



पहिलोपोस्ट

कार्डिजलाई हराएको रियल मड्रिड बार्सिलोनासँग २ अंकले पछाडि
Photo: Laliga

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले कार्डिजलाई हराएको छ। रियलले घरेलु मैदान सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा कार्डिजमाथि २-१ गोलको जित निकालेको हो।

खेलको ४० औं मिनेटमा इडर मिलिटाओले टोनी क्रुसको पासमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। दोस्रो गोल टोनी क्रुसले ७० औं मिनेटमा थप्दा कार्डिजका लागि लुकास पेरेजले ८१ औं मिनेटमा सान्त्वना गोल गरेका थिए।

जितसँगै मड्रिडले बार्सिलोनासँगको अंकदुरी घटाएको छ। बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोड्दै शीर्षस्थानमा रहँदा समान खेल खेलेको मड्रिड ३५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। कार्डिज भने ११ अंक जोडेर तालिकाको १९ औं स्थानमा छ।

ला लिगाकै गएराति सम्पन्न अन्य खेलमा रायोभालेकानो र सेल्टाभिगो गोलरहित बराबरीमा रोकिँदा भ्यालेन्सियाले रियल बेटिसलाई ३-० गोलअन्तरले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell